logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन आई सी एशिया बैंकले Valentine’s Day को अफर सार्वजनिक गरयो


  • जन आकाश
  • शनिबार, माघ २८ २०७९

 



 

काठमाडौ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् Valentine’s Day को अवसरमा एन आई सी एशिया
बैंकले आफ्ना ग्राहक महानुभावहरूको लागि ७३ ‘Celebrate Love with NIC ASIA Bank’ योजना सार्वजनिक गरेको छ । यो योजना
बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहक
महानुभावहरूलाई लक्षित गरेर ल्याइएको बैकले जनाएको छ ।

२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी१३) सम्म सञ्चालन हुने योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा बैंकद्वारा राखिएको QR कोड तथा  POS मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्रहक महानुभावहरूलाई १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकले यसरी कारोबार गर्नुहुने मध्ये २० जना भाग्यशाली ग्राहक महानुभावहरूलाई Valentine’s Day को दिन अर्थात् २०७९ फाल्गुन २ ९२०२३ फेब्रुअरी १४० मा तारे होटलमा आफ्नो साथीसँग खाने अवसर मिलाईएको बैकले उल्लेख गरेको छ ।

काठमाडौं बाहिरबाट उक्त योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहक महानुभावहरूको लागि वहाँहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने उल्लेख छ । उक्त योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको उल्लख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend