जन आकाश
काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा मिति २०७९/१०/२७ गते नेपालबीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भयो ।
उक्त सम्झौता मायस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गर्नुभयो ।
नेपालबीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत ,स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच,अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयर धनीहरूलाई समय नुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभिने (Merger) सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend