जन आकाश
काठमाडौ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ। भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गर्नु भएको छ । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसंग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारी कर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिनुभएको छ ।
यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन, हाम्रा कारणले समस्या आएको होइन, भने यसलाई हाम्रो समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ, रजिष्ट्रार घिमिरेले भन्नुभयो ,चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ ।’ सहकारीमा समस्या छ, भन्ने कुरालाई छोडेर चुनौती छ, हामी सामना गर्छौ भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन सहकारी अभियान कर्मीहरुलाई आव्हान गर्नु भयो ।
सहकारीको विकास र प्रवद्र्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै कानुनले राम्रो कामका लागि वाधा होइन, सहजीकरण गर्नु पर्छ । कानुनलाई देखाएर राम्रो काम भएन भन्ने होइन, राम्रो कामका लागि सहजीकरण र गलत गर्नेलाई कार्वाही गर्न कानुन सहयोगी हुनुपर्छ । कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो, द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ, रजिष्ट्रार घिमिरेले भन्नुभयो ।
सहकारी ऐनमा भएका प्रावधानहरुको कार्यान्वयनका लागि सबैसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्नु भएको थियो । बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भैरहेका कामको बारेमा जानकारी गराउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend