logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राधाकृष्ण कृषि सहकारीद्धारा दुईदिने तालिम सम्पन्न


  • जन आकाश
  • सोमबार, फाल्गुन १ २०७९

म्याग्दी । राधाकृषण सहकारीद्धारा सहकारी सम्बन्धि दुईदिने तालिम सम्पन्न गरेको छ । उक्त अवसरमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारी व्यवसायबाट सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउनका लागि सदस्य शिक्षा र व्यावसायिकतामा जोड दिनु पर्ने बताएकी थिएन । बेनी नगरपालिका वडा नं. २ मा सञ्चालित राधाकृष्ण कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको दुई दिने सहकारी शिक्षा कार्यक्रममा सहजीकरण गर्दै जिसीले यस्तो बताकी हुन् ।



सहकारी सदस्यको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सहकारीलाई संस्थागत रुपमा बलियो, सुशासनयुक्त र व्यावसायिक रुपमा सञ्चालनका लागि सहकारी शिक्षासंगै उद्यमशिलताका विषयमा सचेत बनाउनु पर्दछ, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहेकी जिसीले भनिन्–‘सहकारीलाई राम्रो बनाउने मात्रै होइन, संकटमा जोगाउने पनि सदस्य हुन भन्ने कुरा बुझेर सदस्यको हितमा हुने कार्यक्रम सञ्चालन गर्न सञ्चालकहरुले ध्यान दिनु पर्दछ ।’

कृषि सहकारीहरुले सदस्यलाई उत्पादनमा केन्द्रीत गराउने, उनीहरुले उत्पादन गरेको वस्तु संकलन, भण्डारण, बजारीकरण र प्रशोधनका लागि स्थानीय तह लगायत सरोकारवालाहरुसंग समन्वय गरेर काम गर्नु पर्नेमा उनले जोड दिएकी थिइन ।

माघ २८ गते बेनी नगरपालिका वडा नं. २ भकुण्डे र २९ गते विरायचौरमा सञ्चालित तालिममा सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकार, सहकारीको संस्थागत विकासमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, वित्तीय साक्षरता र सहकारी ऐन तथा नियमावलीमा भएका मुख्य विषयहरुको बारेमा महासंघका सञ्चालक जिसीले सहजीकरण गरेकी थिइन ।

तालिम उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष सोभित शर्माको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर पौडेलको स्वागत र सचिव तेजेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिम समापन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष भद्र बहादुर कार्कीले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सदस्य शिक्षा आवश्यक रहेको र संस्थाले नियमित रुपमा सदस्यहरुलाई सचेतना प्रदान गर्दै आइरहेको बताएका थिए ।

भकुण्डे र विरायचौरमा सञ्चालित तालिममा संस्थाका १ सय ५० जना शेयर सदस्यको सहभागिता रहेको थियो । संस्थाले सदस्यहरुको उत्पादन संकलन र बजारीकरणसंगै वचत तथा ऋण लगायत सामाजिक क्रियाकलाप गर्दै आएको सचिव तेजेन्द्र कार्कीले जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend