logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाइफ इन्स्योरेन्स काठमाण्डौ शाखा घण्टाघरको अभिकर्ता पिकनिक कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, फाल्गुन १ २०७९

 



जयराम बिडारी ।
काठमाण्डौ । राष्ट्रिय बाणिज्य बैंकको प्रत्यक्ष लगानी रहेको तथा जीवनको बीमाको क्षेत्रमा पहिलो पब्लिक जीवन वीना कम्पनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. को काठमाडौ शाखा द्वारा २८ गते शनिबारका दिन काठमाण्डौ शाखाका अभिकर्ता र कर्मचारी हरुको बुढानीलकण्ठ स्थित तारेभिरमा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

तारेभिर स्थित पिकनिक स्पट आन्तरिक पर्यटन लाइ प्रबर्द्धन गर्ने क्रममा बिकशित हुदै गइरहेको रहेछ ।प्राकृतिक हरियाली जंगलको सुरम्यता ले मानिसहरु लाइ यथेष्ट रिफ्रेश बनाउदो रहेछ । वनभोज (पिकनिक) कार्यक्रम स्थलमा पिकनिकलाइ ब्यवस्थित रुपमा संचालन गर्ने स्पटहरुको ब्यवस्थित लगायत त्यहां संचालनमा रहेका रिसोर्ट हरुले पिकनिकलाइ थप ब्यवस्थित र मरोरन्जक बनाइदिने रहेछन् । पिकनिकलाइ रोमान्चक बनाउनका लागि गुम्बा, लगायत थुप्रै पदमार्ग एवं कालिका देवी मंदिरको निर्माण लगायतको कार्यहरु भइरहेको पिकनिक स्पटबाट बुढानीलकण्ठ लगायत चन्द्रागिरी, कपन, सुन्दरीजल, नगरकोट लगायतको दृश्यावलोकन गर्न सकिने हुंदा घोडचढीको ब्यवस्थाले थुप्रै आन्तरिक पर्यटकलाइ लोभ्याउंदो रहेछ ।

मानवलाइ काम आराम र मनोरंजन सवैको जरुरी हुन्छ ।निरंतर कामको थकानले गलित भएकाहरुका लागि तारेभिर पिकनिक स्थल गतिलो बिकल्प हुन सक्ने सम्भावना छ । समयमा गोडमेल नगरेको बिरुवाले संतोषजनक रुपमा प्रतिफल दिन सक्दैन बेला बेलामा आयोजना गरिने पिकनिक कार्यक्रमले अभिकर्ता तथा कर्मचारी हरुको कार्यदक्षता अभिबृद्धि हुनुका साथै कामको थकानबाट पुनर्ताजगीा भइ सक्षमतामा थप बृद्धि गराउन महत्वपूर्ण योगदान रहने गर्दछ । ७० जना जति सहभागीता रहेको उक्त कार्यक्रममा सहभागी हरुको मनोरंजनार्थ आवश्यक नाचगान तथा बिंगो खेल को ब्यवस्था गरिएको थियो ।

रबिन्द्र राज श्रेष्ठको संयोजकत्वमा संचालन गरिएको बिंगो खेलमा क्रमशः क्विक फाइभ राउण्डमा नारायण कुमार श्रेष्ठ फर्स्ट राउण्डमा रुक्मिणी शर्मा, सेकेण्ड राउण्डमा याम चन्द्र कटुवाला,थर्ड राउण्डमा प्रेम भट्टराई, फोर्थ राउण्डमा कृष्ण रोक्का क्षेत्री, फुल हाउस अन्तर्गत नेत्र पण्डित तथा अनलक्कि राउण्डमा छ जनाले पुरस्कार प्राप्त गरेकाा छन् ।

भनेर दीपक बरालको संयोजकत्वमाा संचालन गरिएको म्युजिकल चेयर खेलमा क्रमश साबि पौडेल , सरस्वति राजबंशी अनिता पौडेलले पुरस्कार प्राप्त गरेका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend