जन आकाश
काठमाडौँ । आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील दएयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्न चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्ने छन् ।
सीमित समयको लागिमात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिपलाइनिङमा १५% छुट, स्विङ्स र वालक्लाइम्बिङ प्रत्येकमा ५०% छुट प्राप्तगर्न सक्ने छन् । हरेकदिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निःशुल्क इभिनिङ् (साँझमात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनुहुनेछ । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्ममा मात्र नहुनेछ ।
साथै, यीदुई कम्पनीवीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८/२०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १/२०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने छ । सो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सकिने छ । ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend