जन आकाश
बिशेष सम्पादकीय
मोहन कार्की ।
काठमाडौ । नेपालमा अरुलाई ठेकदार,कमिशनखोर, तस्कर, माफिया, गुण्डा, मिटर ब्याजी, मानव तस्कर, हुण्डी कारोबारी, भ्रष्ट्राचारी, घुसखारी, सेटिङवाला, बिचौलिया यस्तै यस्तै शब्दहरुले अन्य मानिस र समुदायलाई तल्लोस्तरको सम्झेर समाचार लेख्ने र आफै मात्र सर्वेसर्वा ठान्ने मिडिया खोलेर बसेका केही मिडियाहरुले मिडियाले मिडिया विरोधि कार्य गरेर ठेकेदारी प्रथा लागु गर्न थालेका छन् ।
पछिल्लो समय काठमाडौ उपत्यकामा राजनीतिक पार्टीका आडमा खोलिएका मिडिया र सेटङमा तस्करहरुसँग मिलेर आफ्नो अनुकुल समाचार बनाउने,बजाउने गरी खोलिएका मिडियाको आवरणमा खोलिएका मिडिया नामका कम्पनीहरुले वस्तविक मिडियाहरुमाथि प्रतिबन्ध जस्तै लगाएका छन् ।
ति तस्करहरुसँग मिलेर खोलेका मिडियाहरु नै एजेन्सीको रुपमा रहेका आफु आनुकुल सरकार मातहतका निकायलाई प्रभावित पार्न पुग्ने र “मिडिया भनेको हाम्रो यति जनाको गु्रप छ । हाम्रो पत्रकारहरुको यस्तो संगठन छ । पत्रकार भनेका हामी मात्रै हौ । हामीलाई मिडियाको जिम्मा दिनुभयो भने सवै ठिक हुन्छ” भन्दै चिनाउने प¥यास गर्ने र ठुला व्यवसायी भनिएका देख्दा त्यस्तै पनि लाग्ने यवसायीकोमा पनि यस्तै बिचौलिया पत्रकारको ठेकदारहरु पुग्ने र कसलाई व्यावसायिक बिज्ञापन दिनुपर्छ कसलाई दिनु हुदैन भनेर निर्धारण गर्ने गरेका छन् । हुदा हुदा स–सना व्यावसायीहरुकोमा समेत पुगेर फलानोलाई बिज्ञापन दिनु, फलानोलाई नदिनु व्याक्ति अनुकुलको व्याख्या गर्दै प्रभावित पारेर वास्तविक देशभक्त पत्रकारहरुलाई विस्थापित गराउन मिडिया नामका दलाल, ठेकदारहरुको प्रवेशले नेपाली पत्रकारिता जगतमा नै प्रशन चिन्ह खडा गर्न थालेको छ ।
जसले गर्दा वास्तविक पत्रकारहरुको व्यवसाय धरापमा पर्दै गएको छ । अर्को तर्फ यस्ता ठेकेदारहरुले जिम्मा लिएका व्यवसायी, कम्पनीहरुको कथामकदाचित बिज्ञापन प्रकाशन गर्न वास्तविक सञ्चार माध्यमलाई दिईहाले भनेपनि प्रकाशन गरेको ३, ४ महिनासम्म पनि भुक्तानी नदिने र झुलाउने गर्ने गरेका छन् । बिज्ञापन वोर्डको निर्देशिकामा बिल प्रप्त भएको मितिले ७ दिनभित्र भुक्तानी गरिसक्नु पर्ने नियम छ । यसरी यस्ता मिडियाका नाममा प्रवेश गरेका ठेकदारहरुलाई कानुनले पनि बाद्न सकेको छैन । त्यसको कारण मिडियामा गुण्डाहरुको समेत लगानी हुने, राजनीतिक पार्टीको सरक्षण हुने, तस्करहरु मिलेका हुने जस्ता कारणहरुले सञ्चार क्षेत्रमा पनि ठेकेदारी प्रथा हावी हुन पुगेको छ ।
यस्ता बेतिथि भित्रयाएर नेपालको समाजलाई सु–सुचित गर्ने सञ्चार माध्यमहरुलाई धारासाही बनाउन मिडियाहरुमा पनि ठेकेदारहरुको प्रवेश पुष्टि हुदै गएको छ । दिनानु दिन वास्तविक नेपालको नेपाल र नेपालीको पक्षका सामग्रीहर प्रकाशन गर्ने पत्रपत्रिका बन्द हुदै जानु, त्यसैगरी राष्ट्र र समाजको पक्षमा कलम चलाउने पत्रकारहरु काम गरिरहेका संस्थाहरुवाट निकालिनु, देश र समाज बुझेर कमल चलाउन सक्ने सत्यमा आधारित पत्रकारहरुले जागिर नपाउनु जस्ता समस्या बढेर गएका छन् । यस्ता कार्य निन्दनीय र खेदजनक छ । तर तिनै ठेकदारी र देश विरोधी, सञ्चार संस्थाहरु देख्दा मिडियाका नाममा तर देशको गोप्य सूचना अरुलाई चुहावत गर्ने र सवथोक हामी हौ भन्दै सरकार, व्यावसायी सम्बन्धित निकायमा हौवा फैलाएने ठेकेदारहरु हावी छन् । त्यस्ता तत्वहरुले सञ्चार संस्था चलायर समाजलाई योगदान दिइरहेका र पत्रकारिताको धर्म निर्वाह गरेका असल साशनको पक्षमा काम गर्ने सञ्चार संस्था र सञ्चारकर्मीहरु पीडित बनाउदै अएका छन् ।
आम सञ्चार माध्यमको त यो हालत छ । अरु कुन क्षेत्र बाकी होला बिकृति नभएको । त्यसैले पत्रकारहरुले अव के गर्नुपर्ने हो ? जो स्रोजगार आफैले चलाएका र केही सहयोगी रोखेका सञ्चार संस्थाहरु जो निरन्तर प्रकाशन,प्रशारण भइरहेका छन् । ति, यि संस्थाहरुले स्रोत, साधनको अभावमा कर्मचारीको समयमा तलव, भत्ता, अफिस भाडा, प्रेसमा छपाईको भुत्तानी, प्लेट बाकीका ल्याएको, कागज बाकीमा ल्याएको समयमा भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
समयमा सञ्चारकर्मीहरुले तलव नपाउदा उनिहरु आश्रित घर परिवारमा दैनिकी जीवन गुजार्न समस्यामा परेका छन् । यो समस्या वास्तविक पत्रकारिता गरिरहेकाहरुमा समस्या आएको छ । तर सञ्चार क्षेत्रको खोल ओडेर छिरेका ठेकदारहरु मालमाल छन् । भोलि देशलाई अफ्ठ्यारो पर्ने वेलामा ति ठेकेदारहरु ग्रउनमा हुन्छनकी हुदैनन् थाहा छैन । तर नेपालको अन्तिम एकजना बाकी रहेछ भने पनि कमल हातमा रहेनछ भने पनि नेपालको लागि माटोमा नेपालको ईहिास उच्च शिर सगरमाथाको जस्तै अटल छ भनेर लेख्ने नेपाली वास्तविक पत्रकारहरु यो देश नेपाल देशमा रहनेछन् ।
माथि उल्लेखित पछिल्ला समयमा समस्याको रुपमा देखा परेका ठेकेदार प्रथाका गलत प्रबृतिलाई बोक्ने की असल साशनका पक्षधरालाई बोक्ने सम्बन्धित निकायले समयमा नै ध्यान दिएर काम गरोस र नीति निर्धारण गरोस् । गलत उदेश्य बोकेर छिरेका ठेकदार प्रथाहरुले वास्ताविक सञ्चार संस्थाको घाटी ननिमाठियोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend