logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एससीटी र राष्ट्रिय वाणिज्य बैंकवीच सम्झौता 


  • जन आकाश
  • बुधबार, फाल्गुन ३ २०७९

 



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा क’ वर्गको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआइ  (SCT-UPI )डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ ( SCT-UPI )डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी युपीआइ  (SCT-UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श (ATM, POS, e-commerce) जस्ता सेवा सजिलै लिनसक्ने छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend