logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल वाल प्लास्टद्वारा टायल एडेसिभ ठेकेदार  भेटघाट कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बिहिबार, फाल्गुन ४ २०७९

 



काठमाडौ । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्‍याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन “नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालि” का उत्कृष्ट उत्पादनहरु नेपालभरी उपलब्ध छन् ।

निर्माण र उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीद्वारा स्थापित यस नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीको सहकार्यमा फागुन २ गते मंगलबार मध्यपुर ठिमीमा “ठेकेदार भेटघाट कार्यक्रम” आयोजना गरेको कम्पनीले जानकारी दिएको छ । नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक नरेश प्रसाद साहले कम्पनीको नेतृत्व गर्दै आफ्नो उत्पादन मध्य टायल एडेसिभको गुणस्तर, विशेषता, बजार आवश्यकता तथा विदेशी उत्पादन भन्दा उत्कृष्ठ रहेको बारे जानकारी दिए ।

यसै गरी एनपीएम बिल्ड सोलुसन, मध्यपुर ठिमीसँगको सहकार्य अझ प्रगाढ हुनेमा विश्वस्त रहेको जनाए । एनपीएम बिल्ड सोलुसनका बजार प्रबन्धक दिनेश दाहालले मध्यपुर ठिमीको नेतृत्व लिदै मुख्य डिलरको भुमिका निर्वाह गर्नेमा जोड दिए । यसैगरी घर निर्माण क्षेत्रमा डेढ दशक लामो अनुभव बोकेका गोपाल थापा र श्याम थापाले पनि नेपाल वाल प्लास्टका उत्पादन प्रयोगको अनुभव सहभागीहरुलाई सुनाएका थिए । उनका अनुसार काम गर्न सरल, छिटो तथा बलियो हुने हुँदा उनीहरु कामको उत्पादकता तथा आम्दानीमा बृद्धि भएको छ ।

घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान रहेको छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पुरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्दै नेपाल वाल प्लास्टले आफ्ना उत्पादनहरुलाई निर्माण जगतको अभिन्न अंगका रुपमा स्थापित गरेको छ ।

अत्याधुनिक कारखानामा इटालियन उच्च प्रबिधि तथा कम्प्युटराइज्ज प्रणाली र अनुभवी दक्ष प्राबिधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पुणर् स्वचालित प्लान्टबाट १०० प्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरि निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।

नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्‍याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ । कम्पनीले न्यून कार्वन मान्यतालाई कठोरताका साथ पालना गर्ने हुँदा उपभोक्ता, समुदाय र समाजको स्वास्थ्यप्रति पूण प्रतिबद्ध रही आफ्ना उत्पादनलाई बजारमा ल्याउने बताइएको छ । उत्पादन तथा वजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका बिशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend