जन आकाश
बाठमाडौ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सञ्चालकहरुलाई विभिन्न, उपसमितिको संयोजक चयन गरेको छ । संस्थाको १६ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी तोकिएको हो । संस्थाको फागुन ७ गते सम्पन्न सञ्चालक समितिको वैठकले सञ्चालकहरुलाई विभिन्न १२ वटा उपसमितिको संयोजकको जिम्मेवारी तोेकेको छ ।
संस्थाको नियमितकामलाई थप प्रभावकारी बनाउन, संस्थाले बनाएको योजना तथा कार्यक्रमलाई सदस्य र समुदायकाबीचमा लैजान तथा सहकारी अभियानप्रतिको विश्वास जगाउने खालका गतिविधि सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले उप–समिति गठन गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।
सञ्चालक समितिले सूचना, सञ्चार तथा प्रकाशनउ पसमितिको संयोजकमा उपाध्यक्ष ललिताथापा, स्वास्थ्य तथा सरसफाई उपसमितिको संयोजकमा सचिव सरस्वती खड्का परियार, नीतिनिर्माण उपसमितिको संयोजकमा सहसचिव कमल लामिछाने र ऋण उपसमितिको संयोजकमा कोषाध्यक्ष शान्तिलक्ष्मी श्रेष्ठलाई चयन गरेको छ ।
यस्तै सञ्चालकहरु गीता खड्कालाई महिला विकास उपसमितिको संयोजक, अम्बिका जिसीलाई शिक्षा तथा तालिम उपसमितिको संयोजक, खीमबहादुर केसीलाई जोखिम व्यवस्थापन उपसमितिको संयोजक, राजकपुर श्रेष्ठलाई व्यवसाय प्रवद्र्धन उपसमितिको संयोजक चयन गरिएको छ । सञ्चालक समितिका सदस्यहरु राधिका केसीलाई ऋण असुली उपसमितिको संयोजक, जयराम शर्मालाई बरेङ गाउँपालिका समन्वय उप–समितिको संयोजक, लेख बहादुर जिसीलाई युवा तथा खेलकूदउप–समितिको संयोजक तथा लक्ष्मी पौडेल पन्तलाई पर्यटन प्रवद्र्धन उप–समितिको संयोजक चयन गरिएको ध्यक्षजिसीले जानकारी दिनुभयो । सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई संयोजकको जिम्मेवारी दिइएको र उपसमितिका अन्य सदस्यहरु शेयर सदस्यहरुबाट मनोनयन गरिने अध्यक्ष जिसीले बताउनु भयो ।
सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुलाई उप–समितिको संयोजक चयन गरी सदस्यहरु शेयर सदस्यबाट बनाउने र सम्पूर्ण उपसमितिहरुको अनुगमन अध्यक्षले गर्ने व्यवस्था संस्थाको उपसमिति गठन तथा सञ्चालन कार्यविधिमा रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । सञ्चालक समितिले पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा शेयर सदस्यहरुलाई सचेत बनाउन विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, सदस्य भेटौ सदस्य सुनौ अभियानलाई थप प्रभावकारी बनाउने, सदस्यहरुको सचेतनाका लागि घरदैलो, टोलभेला र वडा भेलाहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
सदस्य भेटौ सदस्य सुनौ अभियान अन्तरगत फागुन महिनामा सदस्यसंग सेल्फीअभियान सञ्चालन गरेको आदर्श सञ्चारले चैत महिनाभर घरदैलो, टोल भेला, वडा भेलाल गायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको वैठकले संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव आगामी फागुन २३ गते ढोरपाटनमा मनाउने निर्णय गरेको छ । संस्थाले पत्रिकाको वार्षिकोत्सव बागलुङ सदरमुकाम भन्दाबाहिर मनाउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend