logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३५ औं वर्ष पुरा गरी ३६औं वर्षमा प्रवेश


  • जन आकाश
  • बुधबार, फाल्गुन १० २०७९

 



काठमाडौ । नेशनललाईफ इन्स्योरेन्स कम्पनीलिले आज ३५ औं वर्ष पुरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औंवार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीयकार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ, जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बालबृद्ध आश्रमहरुमा खानाखुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालको अग्रणी जीवनबीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमाकोषमारु.५६ अरबको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ४अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदानगर्दै आएको छ ।आ.व.२०७७/०७८ को बीमाङ्कीयमूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष जानकारी गराउछौं ।कम्पनीले चालु वर्षमा शाखाकार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्यसुरु गरिसकेको छ । ११७ शाखाकार्यालय संख्यार ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकाल देखि २०७९ साल पौष मसान्त सम्म कूलबीमा शुल्क आम्दानी रु.८५ अरब १ करोड आर्जन गरेको छ । भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ । र कूल रु.२९ अरब ६० करोड बराबर बीमादावी भुक्तानी गरेको छ । यस शुभअवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्रीपारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवाप्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend