जन आकाश
काठमाडौं । एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो ।
एडचेञ्ज नेपालकी अध्यक्ष डा. राजेश्वरी मल्लको सभापतित्वमा सुरू भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति रहेको थियो । यस्तै विशेष अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, खुला विश्वविद्यालयकी उप कुलपति प्रा. डा. सिलु मानन्धर बज्राचार्य र सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदम शाहीको सहभागीता रहेको थियो ।
कार्यक्रममा अतिथिको रूपमा प्याबसनका अध्यक्ष डीके ढुंगाना, प्याब्सका सह(अध्यक्ष सुवास न्यौपाने, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बाल चन्द्र लुइटेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्द प्रसाद अर्याल लगायतका शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
होटल हिमालय, कुपण्डोलमा आयोजना भएको कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले डिजिटल लर्निङ, साक्षरता र शिक्षकको क्षमता अभिवृद्धिमा जोड दिएका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै एडचेन्ज नेपालका संस्थापक सदस्य विकेश महर्जनले गुणस्तरीय शिक्षा र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न एडचेन्ज नेपाल संस्था स्थापना गरेको अवगत गराएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend