जन आकाश
काठमाडौ । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको भोलि हुन गईरहेको निर्वाचनको लगि आज नोमिनेशन दर्ता भईरहेको छ । नोमिनेशनको लागि फाराम भरेका उम्मेद्धारहरुको संघमा आबद्धता तथा समर्थक, प्रस्तावको क्र.स. ठिक छ की छैन भनेर जाच भइृरहेको निवर्तमान अध्यक्ष तथा प्रत्यक्ष उम्मेद्धार कृष्ण प्रसाद गौतमले जानकारी दिएका छन् ।
यतिवेला काठमाडौको अनामनगरस्थित संघको कार्यलय बाहिर निर्माण व्यवसायीहरुको मेला लागेको छ । निर्वाचनमा भाग लिएका उम्मेद्धारहरु आफैलाइृ भोट माग्न व्यस्त छन् भने आफ्ना उम्मेद्धारहरुलाई जिताउन शक्ति केन्द्का निर्माण व्यवसायीहरु आ–आफ्नो पक्षमा लविङ गरिरहेको देखिन्छ ।
काठमाडौ उपत्यका निर्माण व्यसायी संघको निर्वाचनमा कृष्ण प्रसाद गौतम प्यानलवाट उम्मेद्धारी दर्ता गराएका भाईटल पोष्टमा निम्न व्यक्तिहरु रहेका छन् ।

अध्यक्षः कृष्ण प्रसाद गौतमा
वरिष्ठ उपाध्याक्षः कमला भट्टराई (काफ्ले)
प्रथम उपाध्यक्षः लक्ष्मण थपलिया(दुर्लभ)
दितृय उपाध्यक्षः तिलक बहादुर लामा
महासचीवः पञ्चराम तामाङ
नीतिगत उपमहासचीवः अर्जुन महर्जन
आन्तारिक उपमहासचीवः राजन गौतम
कोषाध्यक्षः मनोज श्रेष्ठ
सहकोषाध्यक्षः राजन श्रेष्ठ रहेका छन् ।
अर्को प्यानलको नामवलीको लागि उम्मेद्धार सन्त कुमार श्रेष्ठलाई आग्रह गर्दा अफुसँग नामवली नभएको बताए । बेलुका फाइनल प्रकाशन भएपछि पुनः निरन्तर अपडेटमा रहने छौ । जन आकाश डट कम हेर्दै गर्नुहोला ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend