logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

क्यूआरबाट नेशन ललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी गर्न मिल्ने


  • जन आकाश
  • मंगलबार, फाल्गुन १६ २०७९

 



काठमाडौ । आकर्षक बोनसदर सहित विगत ३६ वर्ष देखी जीवनबीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवाप्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत (Fonepay  Network ) मा आवद्ध वित्तिय संस्था /ESEWA sf] dfWofdaf6 Dynamic QR scanu गरी आफ्नो बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र (ESEWA) का प्रमुख कार्यकारी अधिकृत  जगदिश खड्काको समुपस्थितीमा नेशन ललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ । यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend