जन आकाश
मोहन कार्की ।
काठमाडौ । काठमाडौ उपत्यका निर्मांण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको कार्यलय अनामनगरमा निर्वाचन अधिकृत तथा अधिवत्ता युवक कुमार गौतम समक्ष नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद गौतमले पद तथा गोपनीयताको सपथ लिएका थिए । त्यपछि अध्यक्ष कृष्ण प्रसाद गौतम समक्ष नवनिर्वाचित पदाधिकारीहरुले सपथ तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रमामा निर्वाचन परिचालन समिति, नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरु, निर्माण व्यवासायीहरु पत्रकारहरुको उपस्थिति रहेको थियो । समथ पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले म धेरै भाषण गर्दिन काम गरेर देखाउछु मेरो कामवाट सन्तुष्ट भई तपाईहरुले प्रशंसा गरेको दिनमा खुशीले अकमाल गर्ने छु भन्दै निर्वाचनमा भाग लियर सभ्य ढंगवाट निर्वाचन सम्पन्न गराई काठमाडौ उपत्यका निर्माण व्यवसायीव संघलाई सहयोग गर्नु हुने सवैलाई नवनिर्वाचित गौतमले धन्यवाद दिएका थिए ।
त्यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले काठमाडौ उपत्यका निर्माण व्यवसायी संघ सँगसगै आफुहरु पनि हिड्ने र के सहयोग गर्नुपर्छ त्यो सहयोग गर्न प्रतिवद्ध रहेको बताएका थिए ।
सपथ कार्यक्रमको लगतै निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई कार्यालयको हरहिशावको संस्थागत किताव हस्तान्तरण गरिएको थियो ।
नवनिर्वाचित पदाधिाकारीहरुको नामवली यस प्रकार छ ।
अध्यक्ष कृष्ण प्रसाद गौतम
बरिष्ठ उपाध्यक्ष कबिन्द्र महर्जन
प्रथम उपाध्यक्ष बासु खड्का
दितीय उपाध्यक्ष तिलक बहादुर लामा
महासचिब पन्च बहादुर तामाङ (बिजय )
नीतिगत उपमहासचिब कृष्ण के .सि. (कृस)
आन्तरिक उपमहासचिब राजन गौतम
कोषाध्यक्ष मनोज श्रेष्ठ
सह कोषाध्यक्ष संजिब शाक्य
महिला सदस्य कविता भट्टराई
सदस्यहरु
हरिराम तामाङ (थोकर)
राजु प्रसाद चौलागाईं
सुनिल लामा
तुलसी प्रसाद गौतम
भक्त बहादुर तामाङ
बिदुर शिवाकोटी
सुबास श्रेष्ठ (सिम्रन)
राहुल जङ्ग कार्की
म्हेन्दो लामा
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend