जन आकाश
काठमाडौ । चौधरी ग्रुप अन्तर्गत सि. जी. डिजीटल ई. कमर्स ले बिगतमा जस्तै बिग सि.जी. डे २.३.२३ योजना फेरी पनि ल्याएको छ । बिग सि.जी. डे योजना प्रत्येक साल एक बिशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउदै आएको पनी जानकारी गराएको छ ।
उक्त योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहिमार्च ०२ देखी मार्च १० गते सम्म उपलब्ध हुने उल्लेख छ ।
यस योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्धि, अतिरिक्त छुट कुपन, साथै पहिलो २३ जना ग्राहकहरुलाई १२५ सम्मको थप बिशेष छुट जस्ता बिशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको उल्लेख छ ।
बिग सि.जी. डे २.३.२३ मा सि.जी ग्रुप अन्तर्गत सि.जी. इलेक्ट्रोनिक्स, सि.जी. फुड्स, सि.जी. नेट, सि.जी. हिल्स्, सि.जी. एजुकेशन, सि.जी. हस्पिटालिटी, का विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर ल्याउने गर्ने गरेको छ । तर त्यस्ता अफर को कसले कति काहा कसरी पायो भन्ने जानकारी हालसम्म पारदर्शी ढंङवाट सार्वजानिक भएको छैन ।
यो बिग सि.जी. डे WWW.cgdigital.com.np अथवा सि.जी. डिजिटल एपमा लगिन गरि यस बिग सि.जी. डेको अफरहरुको फाईदा ग्राहकबर्गहरुले उठाउन सक्नुहुनेछ भनिएको छ । विगतका अफर जस्तै यो अफर पनि अपारदर्शी नबनोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend