logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार


  • जन आकाश
  • बुधबार, फाल्गुन २४ २०७९

 



काठमाडौ । अनाआवश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसै क्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसरपारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका छन् ।

उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राण घातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।
प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिएको र मगर दम्पतिलाई बधाई एवम् धन्यवाद गरेका थिए ।

पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथाः श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको म्रभु लाईफले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend