logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कान्छीको संवेदना,– राधा कार्की


  • जन आकाश
  • बुधबार, फाल्गुन २४ २०७९

– राधा कार्की



कैयौचोटी सल्बलाए कान्छीमाथि
आक्षेपका कोर्राहरू
विभेदका शूलहरू हिनहिनाए
ऊ पटक पटक लुछिइरही
आफन्तहरूबाटै नीचतापूर्वक ।

उसले आफ्नो चौबन्दी जोगाउन
यावत् प्रयत्न गरी
रेसमी कपडा ओढ्नेहरूलाई
के थाहा
चौबन्दीको इज्जत कति छ ?
निरन्तर खटिइरही ऊ
आफ्नै जिन्दगीको एक्लो बारीमा !

मानव अधिकारको बोटैमुनि
कसैले सुनेन
उसको जीवनको चीत्कार
मौन छ सारा लोक
टुँडिखेलको मौन सालिकझैँ !

आजकाल
लाग्न थालेको छ कान्छीलाई
सल्काउनु पर्छ डढेलो
ती कुरूपता ओढेका दृष्टिहरूमा ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend