जन आकाश
रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा आउने
काठमाडौ । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइलफोन लगायत डिजिटल च्यानलहरूमार्फत सेवा प्रदान गर्दै आइरहेकोरेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैंदावी गरी पाउन सक्ने भएका छन् । उक्त सुविधा दिन लागेको आईएमई रेमिटले जानकारी दिएको छ ।
यो सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend