जन आकाश
तेज प्रकाश बानियाँ
पुर्व साहायक रथी नेपाली सेना ।
विकल्प खोजोै
माननीय भनेको त राज्यसत्ता चलाउने ।
देशको विकास गरी मतदाता फकाउने ।
काम कुरो विर्सिएर यसो उसो गरी गरी ।
तमासा नै रहेछ यो दोहोरिने सधैं भरि ।१।
हामी सोझा मनै देखि विश्वासमा दिने मत ।
यसो हेर्दा उहीमान्छे नयाँ ल्याउन को छ त रु
खाने खुवाउने खुबै चल्छ चुनाव आउँदा ।
कार्यकर्ता सबै दङ्ग मस्तले खान पाउदा ।२।
चुनावमा जित्यो फेरि सबै झुठा प्रचारले ।
होला कित कुनै काम अवत लाज गालले ।
मिलीजुली गर्छौ भन्थे झै झमेला विना कतै ।
राम्रो काम कता हुन्थ्यो अर्को वर्ष स¥यो सबै ।३।
यहाँ चुनावका वेला आश्वासन र भाषण ।
धर्ती आकाश जोडिन्छ होकी जस्तो गरीकन ,
धेरै आए गए धेरै काम चाहिँ उही रह्यो ।
बरू मत दिनेलाई बेकार दिए झै भयो ।४।
लडाइँ नै परे जस्तो सांसदको चुनावमा ।
व्यवसाय समानको लगानी छ जहातहाँ ।
जित्नैलाइृ भयो सान ईज्जत अनि गौरव ।
यो देशको विकाशमा सहभागी र सौरभ ।५।
देश समृद्ध पार्न र पूर्वाधार विकाशमा ।
ढिलासुस्ती सधै उस्तै बजेटको निकाशमा ।
काम हुन्छ यहाँ धेरै असारको बजेटमा ।
गुणस्तर चाहिँदैन पास हुन्छ गजेटमा ।६।
देश विकाशका साथ अरू अनेक नामले ।
विदेश तिर जानेछन् सांसद आप्mनै कामले ।
विदेशी हरू कामले नेपाल भित्र आउदा ।
खुशी हुन्छन् पढालेखा सांसद कतै पाउदा ।७।
कार्यालय सहायक जागीर कहाँ पाइन्छ रु
उमेर र योग्यताले दिएमा माात्र पाइन्छ ।
भेला अक्षमको नहोस् सदनमा घरी घरी ।
व्युताउने र ढाल्नेको गोटी चाल सधैं भरी ।८।
हाम्रा सांसदको पनि योग्यता र उमेरको ।
हद लाग्ने भएदेखि हुन्थ्यो इृज्ज्त देशको ।
थालनी नै गरौें हामी योग्यता र उमेरको ।
अरूका लागि नूतन उदाहरण बन्छ यो ।९।
यति सारो महत्वको पद रहेछ सानको ।
हामी पनि बुझ्ने गरौ रहस्य मत दानको ।
ख्याल राखौ सधैंंहामी योग्य ब्यक्ति छछैन यो ।
व्यक्तिगत कुरा हैंन यो हो सवाल देशको ।१०।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend