logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गणेश इसाराले एकल कमेडी सो गर्ने


  • जन आकाश
  • शनिबार, फाल्गुन २७ २०७९

काठमाडौं – चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम पुनः सुरु गर्ने भएका छन ।कोभिडका कारण रोकिएको उक्त सो उनले निरन्तरता दिन लागेको जन आकाश डटक सङ बताएका हुन।  ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आगामी बैशाख १६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने जानकारी दिएका छन् ।कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको उनको दावी छ । आउदै गरेको कमेडी सो कार्यक्रममा  जुनतारा साँस्कृतिक सेवा समाज र झर्ना कला केन्द्रको संयुक्त आयोजनामा हुने  पनि राइले बताए ।कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ । त्यस्तैगरि दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गरिसकेका छन । 



समाजसेवी वीरमाया राई (शोभोमा ) स्मृति कोष निर्माण सहयोगार्थ
गणेश इशारा राई अल नेपाल
एकल कमेडी शो २०८०
कार्यक्रमको परिचय
कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, वृद्ध आश्रामदेखि विभिन्न पिडितहरूलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुनुहुन्छ । कलाकार ईशाराले आफ्नै हजुरआमाको नाममा ‘वीरमाया राई ‘शोभोमा स्मृतिकोष स्थापना गरी आउँदा दिनहरूमा विभिन्न समस्यामा परि भैपरि आउने दुःखी, पिडितहरूलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको बताउनुभयो । कार्यक्रम एक्सन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा हुनेछ ।
कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ ।
त्यस्तैगरी दर्जनौं म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गर्नुभएको छ । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरूको उपचार खर्च जुटाई दिएर सहयोग गर्दै आउनुभएको छ ।
ईशाराले मृगौला रोगी खोटाङका हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौसिका ठकुरी, झापाकी ललिता चाम्लिङ सुब्बा, भोजपुरका मुटु रोगी राजेन्द्र राई आदिलाई कार्यक्रम आयोजना गरी उपचार सहयोग गर्नुभएको छ
facebook sharing button
twitter sharing button
pinterest sharing button

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend