logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमालेवाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेद्धार बनाउने निर्णय


  • जन आकाश
  • शनिबार, फाल्गुन २७ २०७९

 



काठमाडौं । नेकपा एमालेवाट उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।

आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशी पूर्वमुख्यमन्त्री समेत रहेको शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मत रुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताए ।

चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिए पनि दलहरूले उम्मेदवारको टुंगो नलगाउँदै अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend