logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ , सांसद पौडेल


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

 



काठमाडौ । नेपालीकाँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
सरकारी विद्यालयको साथै नीजिस्तरका विद्यालयको विद्यार्थी शुल्कपनि राज्यले तिरिदिनु पर्ने आबश्यकताऔल्याएका छन् ।

शनिबार ज्ञान चक्षु ईङ्लि सस्कुलको १७ औ वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पौडेलले सरकारी विद्यालय भन्दा नीजिस्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो रहेको बताएका थिए ।

तर नीजि विद्यालयको शुल्क महंगो भएको र अभिभावकले तिर्न कठिन भएकोले यसमा पनि राज्यको लगानी आवश्यक रहेको उनले औल्याएका हुन् । प्रमाणपत्रमुखी भन्दापनि नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता रहेको बताउँदै उनले प्रतिस्पर्धात्कम शिक्षाबाट नै दक्ष जनशक्ति उत्पदान हुने भएकले यस प्रति विद्यालयले जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु ईङ्लिस स्कुललाई बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताएका थिए । उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भुमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरी भेगको उत्कुष्ठ हुन सफल भएको बताएका थिए । उनले निकट भविष्यमा नै शैक्षिक पूर्वाधारयुक्त विद्यालयको आफ्नै भबन निर्माण हुने खुलासा गरे । हाल प्लेग्रुप देखि १० कक्षा सम्म मात्र भएकाले प्लस टु सम्म सञ्चालन गर्ने उद्घोष गरे त्यसै कार्यक्रममा गरका थिए ।

विद्यालयका प्रधानाध्यापक मिनकुमार कोइरालाले भावि शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई आत्मसात गर्दै अगाडि बढ्ने बताए । उनले विगतको अनुभव र आजको आवश्यकतालाई आत्मसात गर्दै विद्यालयलाई नम्बर १ बनाउने आफु दत्त चित्त भएर लाग्ने बताएका थिए ।

उनले न्युनतम् शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल सक्षम रहेको दावी गरेका छन् । कार्यक्रममा वरिष्ठ गायक हेमन्त शर्मा, राष्ट्रिय कलाकारहरु रिता के.सी., जादुकर शेर बहादुर गुरुङ्ग, नृत्याङ्ग शुसिला थापा लगायतले आ–आफ्नो प्रतिभा देखाई कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथि, कलाकार तथा समाजसेवीहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै विद्यार्थीहरुले नाचगान,खेलकुदका कार्यक्रम गरि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिय ।

सो कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारीहरुलाई पुरस्कार गरिनुका साथै विद्यालयको अतिरिक्त क्रियाकलामा सहभागि उत्कृष्ठ विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य कल्पना शर्मा, नेकपा एमालेका जिल्ला कमिटि सदस्य नारायण भाई श्रेष्ठ, मनास्लु वल्र्ड कलेजका प्रचार्य राजन श्रेष्ठ, व्यवस्थापन समिति सदस्य शावित्री बस्नेत श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।  २०६२ सालमा स्थापित ज्ञान चक्षु स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी दिएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend