logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रमिलाको उम्मेदवारी फिर्ता, उपराष्ट्रपतिमा चारजना भिड्ने


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

 



काठमाडौं । उपराष्ट्रपति पदका लागि चारजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म कसैले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जसपाबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।

जसपाका प्रमिला र रामसहाय तथा जनमतकी ममता गरी १० दलीय गठबन्धनबाट मात्र ३ जना उम्मेदवार हुने भएका छन् । प्रमिलाको उम्मेदवारी फिर्ता गराउने जसपाका प्रवक्ता मनिष सुमनले बताएका थिए ।

उनले भने, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

आउदौ चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend