logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाललाई मिल्यो सातौं सफलता ?


  • जन आकाश
  • सोमबार, फाल्गुन २९ २०७९

काठमाडौ । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ ।



त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले पिएनजीविरूद्ध सातौं सफलता हात पारेको छ । नेपालका लागि २७ औं ओभरको चौथो बलमा कुशल मल्लले उक्त सफलता दिलाएका हुन् । उनले पिएनजीका नोरमान भानुआलाई शून्यमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए ।

यसअघि सन्दीप लामिछानेले ३ तथा ललितनारायण राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामीले १ विकेट लिएका थिए । व्यक्तिगत तेस्रो विकेट लिने क्रममा उनले १६ रन बनाएर खेलिरहेका पिएनजीका चार्ल्स अमिनीलाई आउट गरे। त्यसअघि ललितनारायण राजबंशीले पाँचौ सफलता दिलाएका हुन् । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले २३ औं ओभरको पाँचौ बलमा राइली हिकुरे ४ रन बनाएर आउट भए  ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए । सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले ३१ बल खेल्दै २ चौका प्रहार गरेका थिए । यस्तै सेसे बाउले १८ रन बनाए । लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए ।

सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजबंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे । आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ  । आइतबार टिममा रहेका गुल्सन झाको स्थानमा करण केसी टिममा फर्किएका छन् ।

नेपाली टिम स् रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने । नेपाल, युएई र पिएनजी बीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो । सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ । बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ ।

नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ  । नेपालसँगको हारसँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ । अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थानमै सीमित हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend