logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भृकुटीमण्डपमा वृहत जुत्ता चप्पलको मेला सुरु


  • जन आकाश
  • सोमबार, फाल्गुन २९ २०७९

काठमाडौ । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन शुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।



ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । ‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौं,’ उनले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरु ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौं ।’ मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टी सुजसमेत उपलब्ध हुने उनले जानकारी दिए ।

गर्मी सिजन सुरु हुन लागेकाले त्यही सिजनलाई लक्षित जुत्ताचप्पल मेलामा राखिएको बेम्बो सुजका सविन कार्कीले बताए । ‘मेलामा २ सय ५० रुपैयाँ देखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता उपलब्ध हुनेछन,’ उनले भने । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend