जन आकाश
जयराम बिडारी
काठमाडौ । ज्ञानदीप शिक्षा सदनले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सवको अवसर पारेर फागुन २६, र २७ गरि दुई दिन लगाएर अभिभावक दिवस सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बिद्यालयले विभिन्न विधामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार बितरणका साथै श्रष्टाहरुलाइ समेत सम्मान गरिएको जनाएको छ ।
चाबहिलस्थित सदनले स्थापनाको १७ औँ अभिभावक दिवसको अवसरमा कवि गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकार गीता कार्की, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, कवि निवन्धकार तथा समालोचक कलानिधी दाहाल , कवि तथा समालोचक डा।गीता त्रिपाठी लगायतलाइ सम्मानित गरेको छ।
प्रोग्रेशिभ एजुकेशनल फोरमकी अध्यक्ष तथा विद्यालयकी प्राचार्य सीता भट्टराईको सभापतित्व एवं वरिष्ठ कवि तथा समालोचक प्रा।डा।रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता साथै साहित्यकार कलानिधि दाहाल, समालोचक कवि डा. गीता त्रिपाठी बिशिष्ठ अतिथि प्रा. डा.देवी नेपाल काठमांडू प्याब्सनका अध्यक्ष प्रेमकुमार राइको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साहित्यकार गंगा पौडेल , कवि कल्पना काफ्ले, कवि श्यामबहादुर खड्का ‘भावुक ‘ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुप्रसन्ना भट्टराई जनआकाश साप्ताहिकका सम्पादक मोहन कार्की प्रोग्रेसिभ एजुकेशनल फोरमका कोअर्डिनेटर तथा काठमांडू प्याब्सनका महासचिव नितेश राइ बौद्ध सेकेन्डरिका प्राचार्य देवीप्रसाद घिमिरे उपस्थित थिए।
विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले गीत ,नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। त्यस्तै बिभिन्न कक्षागत रुपमा बिद्यार्थी भाईबहिनी हरुले मार्शल आर्टको कलात्मक प्रस्तुति दिएर कार्यक्रमलाइ रोचक बनाएका थिए साथै शिक्षिकाहरूले समेत नृत्य प्रस्तुत गरिएकोले कार्यक्रम थप रोमान्चक बनेको थियो ।
ज्ञानदीप शिक्षा सदनले आयोजना गरेको उक्त कार्यक्रममा आफ्ना नानीबाबुलाई नियमित गृहकार्य गराउने, सरसफाइ, अनुशासित र नियमित विद्यालय पुग्ने साथै समयमै शुल्क बुझाउने योग्य अभिभावकलाई समेत सम्मान गरियो। त्यस्तै सबैभन्दा बढी जीपीए ल्याउने र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीले पुरस्कार पाएका थिए ।
प्रतिस्पर्धात्मक अवस्थामा आफ्नै खालको संघर्ष गरेर अस्तित्व जोगाइरहेका निजी बिद्यालयले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा दिएर राष्ट्रलाइ सुयोग्य र प्रतिस्पर्धि जनशक्ति निर्माणमा बलियो टेवा पुर्याइरहेका छन् ।
यो आजको राष्ट्रिय जन आकाश साप्ताहिकमा प्रकाशित छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend