logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन


  • जन आकाश
  • मंगलबार, फाल्गुन ३० २०७९

 



काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टमा आयोजित भेलाले गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति गठन गरिएको हो ।कार्यक्रममा नेशनल लाइफमा कार्यरत ४५ बीमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

राष्ट्रीय गानका साथ शुरू गरेर प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरि पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीद्वारा कार्यक्रमको समुद्घाटन गरिएको उक्त कार्यक्रममा कम्पनिका सहायक प्रवन्धक बिवेक शर्माको बिशेष आतिथ्यतामा पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ़ इन्स्योरेन्स तदर्थ समिति संयोजक गोबिन्द प्रसाद अधिकारीको अध्यक्षतामा उक्त राष्ट्रिय भोला सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलिद्वारा सहभागी अभिकर्ताहरु लाइ स्वागत मनतब्य ब्यक्त गर्दै संगठनको औचित्य बारे प्रकाश पारेकी छन् । साथै मन्तव्यका क्रममा साधारण सदस्यद्वय रोशन कुमार माझिका साथै सरिता महर्जनद्वारा हरेक पेशा ब्यवसायीका पेशागत संगठन रहने भएकाले तीनका सामूहिक आवाज़ संगठनका माध्यमद्वारा राख्न सामूहिक सौदाबाजीका लागि बल मिल्ने भएकोले कर्मक्षेत्रमा आइपर्ने अफ्ठ्रयारा हरुमा सहजता प्राप्त हुने बिश्वास ब्यक्त गरेका छन् । साथै कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफका सचिव शंकर लामिछाने द्वारा संघले ब्यवस्थापन र बीमितका बीचमा पुलको काम गर्न पनि संघको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ़ इन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा पूर्व प्रवक्ता जयराम बिडारी द्वारा संघले बिगतमा गरेका गतिविधि बारे प्रकाश पार्नुका साथै अभिकर्ताले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सहभागीहरुलाइ जानकारी गराएका छन् । यसैक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारिले संघका गतिविधि तथा ब्यवस्थापन र अभिकर्ता हरुका बीचमा सहजीकरणमा संघको भूमिका सदैव समन्वयकारी रहनुका साथै ग्राहकको पक्षमा सदैव प्रभावकारी रुपमा रहनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend