जन आकाश
काठमाडौं । आमाबुबाको लागि आफ्ना सन्तान प्राण भन्दापनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । सोहि इच्छा अनुरुप काठमाडौ. निवासी हिरादेवी खड्काले आफ्नो छोरी सुवाश्ना कोइरालााको जन्मदिनमा सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना उपहार दिएकी छिन् ।
उक्त बीमा योजना कम्पनीको सातदोबाटो शाखाबाट जारी गरीएको हो । सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनामा अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा आवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधा र १८ घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभहरु रहेका छन् ।
उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोरीको उच्चशिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा आमा हिरादेवी खड्काले बताएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend