logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौँमा पानी पर्ने,तराईका केही जिल्लामा हावाहुरीको सम्भावना


  • जन आकाश
  • शुक्रबार, चैत्र ३ २०७९

काठमाडौँ । हाल देशभर आंशिक देखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिक देखि सामान्य बदली भइरहेको हो ।



अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुर लगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् । उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ ।

आज काठमाडौँमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कँडेलको भनाइ छ । तर, लामो समयसम्म र ठुलो पानी नपर्ने उनले बताइन् । आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताएकि छिन् । आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठुलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend