जन आकाश
काठमाडौ। आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ ।
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोर लाई वाईवाईले सफा गरेको हो। बनौँ आदर्श नागरिक भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेलमैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्त्व निर्वाह गरेको बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend