जन आकाश
काठमाडौ । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पु¥याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँदै गएको छ । यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवनकिरण बीमा पोलिसि उपहार स्वरुप प्रदान गरेका छन् ।
जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्त सुविधा, मासिक आय सुविधा, प्राण घातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ । प्रभु लाइप इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम (MDRT) सदस्य बबि बदुवालले जन्मोत्सवका बिच बीमा पोलिसि हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताउनु भयो । जीवन बीमाको आवश्यकता बुझी प्रभ लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा दुवाल परिवारलाई वागमति प्रदेश प्रमुख मदन विष्टले बधाई एवम धन्यवाद दिनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend