logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मौसम पूर्वानुमानका अनुसार “पहाडी तथा तराईका केही भू-भागमा आज चट्याङ्ग सहित वर्षा हुने”


  • जन आकाश
  • आइतबार, चैत्र ५ २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको छ ।



महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend