logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो खेल भुटानसँग खेल्दै


  • जन आकाश
  • बुधबार, चैत्र ८ २०७९

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।



पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी छ ।

रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू-१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो । यस पटक त्यसलाई परिमार्जन गर्दै यू-१७ फर्म्याटमा आयोजना गरिएको हो । नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगला देशसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend