logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चैत १० गतेदेखि सुरु हुने भोजपुर गोल्डकप फुटबलको तयारी


  • जन आकाश
  • बिहिबार, चैत्र ९ २०७९

काठमाडौं । यही चैत १० गतेदेखि सुरु हुने भोजपुर गोल्डकप फुटबलको तयारी पूरा भएको छ । नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामस्थित टुँडिखेलमा छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता आयोजना हुँदैछ ।



भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । प्रतियोगितामा नेपाल भित्रका ६ र बाहिरका २ गरी ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुने प्रतियोगिता संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend