logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

न्यायिक सम्‍मेलन काठमाडौंमा हुदै ५ सय उपप्रमुख सहभागी हुदै


  • जन आकाश
  • बिहिबार, चैत्र ९ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा चैत १५ र १६ गते हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा देशभरिका करिब ५ सय स्थानीय तहका उपप्रमुखहरु काठमाडौं आउने भएका छन् ।



बिहीबार पत्रकार सम्‍मेलनमार्फत महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले हालसम्म ४५० भन्दा धेरै स्थानीय तहबाट कार्यक्रममा सहभागी हुने निश्चित भइसकेको र केही अझै थपिने जानकारी दिएकी थिइन् ।

पालिकाबाट न्यायिक समितिका संयोजक वा संयोजक उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्य उक्त सम्मेलनमा सहभागी हुन सक्‍ने उपप्रमुख डंगोलको भनाइ छ।

उनका अनुसार सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् जसमा अधिवक्ता इन्दु तुलाधरले न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलनबारे प्रस्तुत गर्नेछिन् ।

यस्तै अधिवक्ता डा.सरिता खनालले न्यायिक समितिले गर्ने निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्र्ने प्रक्रियाका विषयमा प्रस्तुत गर्नेछिन् ।

यस्तै विवाद समाधानमा मेलमिलाप प्रक्रियाबारे भने वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्लेले प्रस्तुती दिनेछिन भने न्यायिक निर्णय र पालना गर्नुपर्ने प्रक्रियाको विषयमा महानगरका सूचना अधिकारी बसन्त आचार्यको प्रस्तुती रहने उपप्रमुख डंगोलले बताइन् ।

साथै उक्त न्यायिक सम्मेलनबाट विवाद निरुपण काठमाडौं घोषणा पत्र जारी गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend