जन आकाश
काठमाडौ । प्रभु बैंक लि.ले ललितपुर जिल्लास्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ माअध्ययनरत १०० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुईदिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता ज्ञान हासिल प्राप्त गरेका छन् ।
बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि १०० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ४ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकनर विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।
स्थलगत अवलोकनको पहीलो दिनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्नुहुँदै प्रभु बैंक लि. का सिनीयर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र दोस्रो दिनको समापन समारोहमा प्रभु बैंक लि. का नायब प्रमुखकार्यकारी अधिकृत मनीराम पोखरेलले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारे माविद्यार्थीहरुले बुझने गरी प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कापी, कलमल गायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गर्नु भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले नायब प्रमुख कार्यकारी अधिकृतहरुको समक्ष विभिन्न किसिमको बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।
प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समाज उपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालयतहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend