जन आकाश
काठमाडौँ । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्।
काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् ।
नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ ।
प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ ।
त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीहरू समेत अवलोकन तथा आवश्यकता अनुसार खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टल राखिएको छ । प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend