logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एमालेको मिसन ग्रासरुट अभियान भीमापोखरामा


  • जन आकाश
  • शनिबार, चैत्र ११ २०७९

बागलुङ । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा ९ वटा टोल भेला सम्पन्न भएका छन् ।
चैत ३ गतेबाट साविक वडा नं. १ बाट शुरु भएको टोल भेला चैत १० गते बिहान साविक ८ र दिउसो ९ मा सम्पन्न भएका हुन् ।



साविक वडा नं. ८ र ९ मा आयोजित टोल भेलामा बोल्दै एमाले गण्डकी प्रदेश कमिटि सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले मिसन ग्रासरुट अभियान एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यकासाथ शुरु भएको बताएका थिए ।

यो मुलुकको राष्ट्रियताको संरक्षण र आर्थिक विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक छ, त्यसका लागि एमालेको विकल्प छैन, एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि टोल कमिटिदेखि केन्द्रीय कमिटिसम्मका सम्पूर्ण कमिटिहरुलाई परिचालन गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन भएको उनको भनाइ थियो ।

यो अभियानलाई पार्टीका सम्पूर्ण नेता कार्यकर्ताले आफ्नो अभियानका रुपमा ग्रहण गरी जनताको घरदैलोमा पुगेर पार्टी निर्माणमा योगदान गर्नु पर्ने उनको सुझाव छ ।
कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य कोपिला खरेल सापकोटा, जिल्ला सदस्य तथा वडा नं. २ का इन्चार्ज प्रेम केसी, काठेखोला गाउँपालिकाका सचिव तथा वडा नं. २ का वडा अध्यक्ष विद्यापती शर्मा, वडा कमिटि अध्यक्ष नारायणदत्त रेग्मी, जनप्रतिनिधिहरु सुरेश थापा, भीम केसी र चन्द्रकला थापा, पूर्व जनप्रतिनिधि चिरन थापा लगायतले मिसन ग्रासरुट, सदस्यता नविकरण तथा थप गर्ने विषयमा सहजीकरण गरेका थिए ।

साविक वडा नं. ८ मा आयोजित कार्यक्रमको अध्यक्षता समाजसेवी शेर बहादुर थापा र साविक वडा नं. ९ मा आयोजित कार्यक्रमको अध्यक्षता टोल कमिटिका संयोजक हिरा बहादुर क्षेत्रीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन वडा कमिटिका सचिव ऋषिराम शर्माले गरेका थिए । टोल भेलाले वडा नं. ८ मा नानुमाया केसी संयोजक र भीमा केसी सहसंयोजक रहेको ११ सदस्यीय टोल कमिटि गठन गरेको छ ।
कमिटिका सदस्यहरुमा धन कुमारी केसी, गाीता कुमारी पौडेल, तुलसी खत्री केसी, उमा केसी, इन्द्र बहादुर हमाल, भोलानाथ शर्मा, खगु पाध्या, नवराज गौतम, ओम कुमारी सुवेदी, धनमाया केसी र तारा पौडेल रहेका छन् ।

यस्तै वडा नं. ९ मा हिरा बहादुर क्षेत्री संयोजक र चन्द्रकला सापकोटा सहसंयोजक रहेको २१ सदस्यीय टोल कमिटि गठन भएको छ । कमिटिका सदस्यहरुमा भीम प्रसाद शर्मा, प्रेमलाल पौडेल, कविता कार्की, मिना भण्डारी, भगवती कार्की, कुमारी विक, मिना केसी, भक्त बहादुर विक, विष्णु सापकोटा, धर्म बहादुर आले, सन्तु पौडेल, धनमाया छन्त्याल, दुर्गा थापा क्षेत्री, कलिमाया विक, रुपा विक, दुर्गा प्रसाद निउरे, संगिता सुवदी पौडेल, थम कुमारी सापकोटा र कौशिला सुनार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend