जन आकाश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए ।
यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको रास्वपाले जनाएको छ ।
नयाँ भनिएको स्वतन्त्र पार्टीलाई जनताले निक्कै रुचाएका छन् । उसले यो ५ बर्षे वा मध्यावधि अवस्थासम्म कस्तो खालको भुमिका निर्वाह गर्छ त्यसैमा भर पर्छ । नेपालीहरु त्यसैको प्रतिक्षामा छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend