logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी


  • जन आकाश
  • आइतबार, चैत्र १२ २०७९

काठमाडौ । अब ब्राण्ड (न्यु भाइबर बट द्वारा ट्याक्सीमाण्डू प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्ष अगाडि नै सजिलै राइड बुक गर्न सक्ने भएका छन् ।



राकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्याय अन्तर्गत ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डू मार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको छ। यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले एपभित्र सिधै ट्याक्सी बुक गर्न सक्ने व्यवस्था रहेको छ।

ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन केसीले भन्नु भयो, ूहामी यो नयाँ च्याटबट सुरु गर्ने सिलसिलामा रकुटेन भाइबरसँग फेरि जोडिन पाउँदा उत्साहित छौं। यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ। नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको हामी सुनिश्चित गर्न चाहन्छौं। भाइबरमा ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटको हाम्रो लक्ष्य भनेको नेपाली जनताहरुलाई घर कसरी पुग्ने भन्ने चिन्ता नगरी आ(आफ्ना प्रियजनहरूसँग रमाइलो गर्न र उत्सव मनाउनका थप समय बिताउन मद्दत गर्नु हो। टयाक्सीमाण्डुका सिइओ के.सी.को भनाई हो यो ।

अब प्रयोगकर्ताहरूले भाइबर च्याटबटबाट सजिलै ट्याक्सी बुक गर्न सक्छन्। ट्याक्सी सवारीका लागि धेरै थरि एपहरू डाउनलोड गर्न आवश्यक छैन।

ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बट मार्फत प्रयोगकर्ताहरूले अब एक एपबाट अर्को एपमा स्विच नगरिकन धेरै सुविधाहरूको मज्जा लिन सक्नु हुनेछ। वहाँहरुले छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पनि प्राप्त गर्न सक्नु हुनेछ। साथै अप्रिलदेखि सेप्टेम्बर २०२३ सम्म ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताहरूका लागि ६० प्रतिशतसम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुनेछन्। प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथीसंगी र नातागोताहरूलाई च्याटबटमा पठाउँदा २० प्रतिशतसम्म छुट पनि पाउनु हुनेछ ।

यस नयाँ कार्यको सुरुवातले चालक र यात्रुहरू दुवैलाई प्रोत्साहन मिल्नेछ। ट्याक्सीमाण्डूका चालकहरूले बटमार्फत गरिएका सवारी अनुरोधहरूका लागि कमिसन बाँड्नु पर्ने छैन, जबकि लामो रुटहरूमा निःशुल्क सवारीको विशेष प्रस्तावहरूले ग्राहकहरूलाई पनि यस नयाँ सुविधा प्रयोग गरिरहन प्रोत्साहित गर्नेछ।

हामीले यो साझेदारी बुकिङ राइडहरूको क्षेत्रमा गेम चेन्जर हुने र यसले यात्रु र चालकहरूको जीवनलाई सजिलो बनाउने ठानेका र्छौं। वहाँहरूसँगका हाम्रा अघिल्ला परियोजनाहरूले उत्कृष्ट नतिजाहरू दिएका थिए, त्यसैले हामी हाम्रा प्रयोगकर्ताहरूका लागि यो नयाँ बट ल्याउन ट्याक्सीमाण्डूसँग काम गर्न पाउँदा हर्षित छौं।

राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भन्नु भयो। गत २०२२ मा राकुटेन भाइबर र ट्याक्सीमाण्डू आफ्ना प्रयोगकर्ताहरूलाई सवारी सेवाहरूमा थप संलग्न गराउन सकियोस् भन्ने उद्देश्यले ट्याक्सीमाण्डू च्यानल र ट्याक्सीमाण्डू लेन्सहरूको सुरुवात गर्न एकसाथ आएका थिए।

आगामी दिनमा नेपालको अग्रणी राइड(हेलिङ प्लेटफर्मले भाइबर बटमा थप सुविधाहरू थप्न चाहन्छ, जसले यसलाई नेपालीहरूका लागि मात्र नभई देशमा रहेका अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि पनि थप पहुँचयोग्य बनाउनेछ।

ट्याक्सीमाण्डू र राकुटेन भाइबर एन्ड्रोइड र आईओएसका लागि डाउनलोड गर्न सकिने छ।
राकुटेन भाइबरको बारेमा राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्ध सूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो। आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend