logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेकपा (एमाले) दोलखामा ग्रसरुट अभियान तिव्र


  • जन आकाश
  • सोमबार, चैत्र १३ २०७९

जिरी। नेकपा (एमाले)को दोलखा जिल्ला कमिटीले ग्रसरुट अभियानलाई तिव्रता दिएको छ । चैत्र २ गतेवाट दोलखा जिल्लामा ग्रसरुट अभियान थालिएको नेकपा एमाले बागमति प्रदेश कमिटीका सदस्य बसन्त कार्कीले जानकारी दिएका हुन् ।



उक्त कार्यक्रमा दोलखा जिल्लाको जिरी नगरपालिका अन्तर्गतका वडाहरुमा पार्टीका केन्द्रीय सदस्य केशव देवकोटा, बागमती प्रदेश कमिटीका बसन्त कार्कीको अगुवाईमा नगरकमिटीका पदाधिकारीहरु खटेका थिए । त्यस क्षेत्रमा भएका कार्यहरु दोलखा जिल्ला कमिटीले यसरी जारी गरेको छ।

नगर कमिटीको बैठक तथा योजना निर्माण

नेकपा एमाले नगर कमिटी जिरीको सातौं पूर्ण बैठक कमिटीका अध्यक्ष केशव कुमार कार्कीको अध्यक्षतामा मिति २०७९।११।२० गते सम्पन्न भएको थियो । बैठकमा पार्टी केन्द्रिय कमिटीबाट मिसन ग्रासरुट अभियानका लागि त्यस नगरपालिकाका खटिएका केन्द्रिय सदस्य सुवास देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रिय लेखा आयोगकी सदस्य कमरेड शान्ति पाख्रिन, उपत्यका विशेष प्रदेश कमिटी उपसचित एवम् प्रदेश सभा सदस्य उर्मिला सुनुवार, बागमती प्रदेश कमिटी सदस्य एवम् नगर प्रमुख मित्र बहादुर जिरेल, बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजु, जिरी नगर कमिटी इञ्चार्ज गोपाल जिरेल लगायत जिरी नगरपालिकाबाट जिल्ला कमिटीमा प्रतिनीधित्व गर्ने सदस्यहरुसमेतको अतिथिका रुपमा बैठक सम्पन्न भएको थियो सोही बैठकले निर्णण गरेका कुराहरु चैत्र १० गतेवाट ग्रसरुटमा जाने निर्णय बमोजित गाउँ कमिटी, वडा कमिटी, नगर कमिटी निर्माण गरी अभियानलाई तिव्रता दिएको र घर दैलोमा पार्टीका सदस्यहरुको नविकरण नयाँ सदस्य वितरण गरिरहेको जानकारी प्राप्त भएको छ ।

चैत्र २ गतेदेखि ८ गतेसम्म जिरी नगरपालिका अन्र्तगतका ९ वटै वडामा पहिलो चरणको कार्यक्रम सकी चैत्र १० गतेवाट १९ गतेसम्म बिभिन्न स्थानमा सवै वडामा प्रशिक्षण कार्यक्रमहरु सक्ने र २० गतेवाट २८ गतेसम्म सवै वडामा पार्टी प्रतिनिधिहरुको अगुवाईमा सवै नागरिकलाई जनताको पार्टी एमाले हो भनेर आवाह्रन गर्ने र चैत्र २९ गते जनवर्गीय भेला गर्ने र चैत्र ३० गते नगरकमिटीको समिक्षा बैठक गर्ने कार्यक्रम तय गरेर ग्रसरुट अभियानले तिव्रता पाईरहेको नेकपा (एमाले)का बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका बसन्तराज कार्कीले जानकारी दिएका हुन् ।

उक्त अवधिमा स्ववियु निर्वाचनमा अनेरास्वियुका विद्यार्थीहरुलाई जिताउन सफल भएको पनि उल्लेख छ । पार्टीलाई जनस्तरवाट धेरै खालका सुझावहरु प्राप्त भएका र पार्टीको माथिल्लो निकायमा पु¥याउने गरी काम भईरहको जनताको सुझावलाई दोलखा जिल्ला कमिटी र जिरी नगरकमिटीले महत्वका साथ लिएर राखेको स्रोतले उल्लेख गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend