logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षकद्धारा प्रशिक्षण सम्पन्न


  • जन आकाश
  • मंगलबार, चैत्र १४ २०७९

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०७९ साल चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा  आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।



कार्यक्रमको शुभारम्भ पानसमा दिपप्रज्वलन गरी  नायब प्रमुख  कार्यकारी अधिकृत अमितकुमार कयालले गर्नुभएको छ । उक्त कार्यक्रममा विशेष कारण  देश बाहिर रहनुभएका यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उहाँहरुको सिकाई मार्फत टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । यसले उहाँहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गर्नुभयो ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भबिष्यको सुरुवात”भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” एकदमै आकर्षक र प्रतिस्पर्धित रहनुका साथ साथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजयकुमार झाउ पस्थित हुनुहुन्थ्यो ।  कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप ,विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो । अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउदा आफु खुसि भएको बताउनुभयो ।

“किनकि जीवन अमुल्य” छ । भन्ने मुलनारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ । भने जीवन बीमा कोष १५०.८५ अर्व रुपैयाँ र शेयर धनीकोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend