logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण


  • जन आकाश
  • बुधबार, चैत्र १५ २०७९

 



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०७९ साल चैत्र १४ गते बुटवलको सिदार्थ कटेजमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल,कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरु स्मृति राज कंडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको शुभारम्भ संयुत्त रुपमा पानसमा दिप प्रज्वलन गरीनायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले गरेका थिए ।

विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा आएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरको थिए । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

यस्ता कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको कार्यकारीले बताएका थिए ।

कार्यक्रममा उपस्थित अभिकर्ता महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend