जन आकाश
काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन ।
नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुबै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गर्नु भएको हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्र भित्र ५०० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिए पछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएका थिए ।
२०७९ आषाढ ३० गते मर्जर सम्झौता गरेका दुबै कम्पनीको भारतिय विमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार केही ढिलो हुन गएको हो ।मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुबै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेकाछौ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend