logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

न्यायीक समितिको पहिलो राष्ट्रिय सम्मेलन कमलादीमा उदघाटन


  • जन आकाश
  • बुधबार, चैत्र १५ २०७९

मोहन कार्की ।



काठमाडौं । काठमाडौ महानगरपालिकाले देशैभरीका स्थानीय निकायका उपप्रमुख र उपाध्यक्षहरुलाई काठमाडौमा राष्ट्रिय सम्मेलनको आयोजना गरी काठमाडौ घोषणपत्र जारी गर्ने गरी थालेको कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गरी शुरु भएको छ ।

कार्यक्रमको सभापति काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन भने विशेष प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमाल दाहाल (प्रचण्ड) रहेका थिए ।
बिशेष अतिथिहरुमा प्रदेशमन्त्री लगायतको उपस्थिति रहेको थियो ।

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेद्धार भई मेयर जितेका बालेन्द्र शाहले नेपालमा अस्थिरता भइरहेका कारण देशले गति लिन नसकेको र यो सरकार कहिलेसम्म टिक्ने हो भनेर प्रमुख अतिथिको रुपमा आएका प्रधानमन्त्री प्रति प्रश्न गदै मञ्चवाट सम्बोधन गदैगर्दा हलमा उपस्थित जनप्रतिनिधिहरु गडडड ताली बजाएका थिए ।

प्रमुख अतिथि प्रधानमन्त्रीले बोल्ने पालोमा मेयर वालेन्द्र शाहको जवाफ दिदै वर्तमान सरकार ५ वर्ष नै टिक्ने २०७९ सालको निर्वाचन पछि म नै प्रधानमन्त्री भएको हो । मेरो कार्यकाल ५ बर्ष नै जान्छ । ढुक्क हुनुहोस भनेका थिए । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई दुई शेषणमा बाडिएको थियो पहिलो सेसनको कार्यक्रम समापन गर्ने क्रममा काठमाडौ महानगरपालिकाकी सुनिता डंगोलले न्यायिक समितिहरुले विगतमा भोगेका भोगाई र वर्तमानमा आएका समस्या टेक्नीकल कुराहरु र देशभरीवाट आएका सुझाव कार्यपत्रमा छलफल गरेर दरिलो खम्बाको रुपमा काठमाडौ घोषणा पत्र जारी गर्ने बताएकी थिइन । अन्य मिलमिलाप छलपल त अरु वेलामा पनि गछौ तर यस हलमा देशभरीका अनुभव, समस्या, चुनौती जस्ता ५ वटा कार्यपत्रमा छलफल गरेर उर्जाले झोला र खल्ती भरेर जानुहुने छ भन्दै उपाध्यक्ष र उपप्रमुखह्रुलाई हौस्याएकी थिइन ।

न्यायिक समितिले जति छिटो छरितो ढंगवाट कार्यसम्पादन गर्न सकिन्छ । त्यतिनै यस काठमाण्डौ घोषणा पत्रले सार्थकता पाउछ भनेकी थिइन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend