logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडकको क्यापिटलमा नेपाल एसबिआई नियुक्त


  • जन आकाश
  • बिहिबार, चैत्र १६ २०७९

 



काठमाडौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन (IPO) को विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको कम्पनीले जनाएको छ ।

यहि २०७९ चैत्र १५ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति शेयर अंकितमूल्य रु. १०० (अक्षेरुपी एक सय रुपैया मात्र) दरका २५,८०,००० (अक्षेरुपी पच्चीस लाख असी हजार मात्र) कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको उल्लेख छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी औपचारिता दिएका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend