logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भिरबाट खसेर एक चिनियाँ पर्यटकको मृत्यु


  • जन आकाश
  • बिहिबार, चैत्र १६ २०७९

काठमाडौ । मनाङको नासो गाउँपालिका – २ स्थित खोत्रो भिरबाट खसेर घाइते भएका चिनियाँ पर्यटकको मृत्यु भएको छ । घाइते भएका चिनियाँ पर्यटक झाङ जीको उपचारका क्रममा मृत्यु भएको हो ।



उनी मर्स्याङ्दी नदी किनारको गोरेटो बाटोमा अवस्थित खोत्रो भिर नजिकबाट २ सय मिटर तल खसेका थिए । सो घटनाको खबर पाउने बित्तिकै उद्धारमा गएका नेपाल प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उनलाई थप उपचारका लागि लमजुङको बेंसीसहर ल्याए पनि उपचारको क्रममा उनको बुधबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend