logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

हिमालयन शेर्पा क्लब गोल्डकपको फाइनलमा प्रवेश


  • जन आकाश
  • बिहिबार, चैत्र १६ २०७९

 



काठमाडौ । हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३औँ जितपुर-सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले स्तब्ध पार्दै हिमालयनले फाइनलको यात्रा तय गरेको हो ।

जितपुर–सिमरा गोल्डकपमा हिमालयन शेर्पा तेस्रोपटक फाइनलमा पुगेका हुन तर, यसका लागि उसले एक दशकभन्दा लामो समय प्रतीक्षा गर्नुपर्यो । हिमालयनले ०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल खेल्दै उपाधि जितेको थियो । दुई वर्षपछि ०६९ मा पनि फाइनल खेलेको हिमालयन उपविजेतामै चित्त बुझाउनुपरेको थियो ।

आजको खेलमा हिमालयन शेर्पाले २९औँ मिनेटमा सुशील राईको गोलबाट अग्रता लिएको थियो । अव्योमीको पासमा सुशीलले पेनाल्टी एरियाबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाको जितमा म्यान अफ दि म्याच निशान लिम्बु नायक बने ।

खेलको ७४औँ मिनेटमा कप्तान विश्वास श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका निशानले दुई गोल गरे । ८७ औँ मिनटमा मिलन राईको पासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पाको अग्रता दोब्बर बनाएका निशानले अन्तिम समयमा पनि आकर्षक गोल गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend