logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

६६ औं सहकारी दिवसको अवसरमा बागलुङ बजार सरसफाई


  • जन आकाश
  • आइतबार, चैत्र १९ २०७९

काठमाडौ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बिहान बागलुङ बजार सरसफाई गरिएको छ ।



बागलुङ नगरपालिका सहकारी शाखा र जिल्ला सहकारी संघ लिमिटेडको आयोजना तथा विषयगत सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक र विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको सहभागितामा बजार सरसफाई गरिएको हो । दुई समूहमा विभाजन गरेर सरसफाई गरिएको थियो ।

सरसफाईको शुभारम्भ बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नूभएको थियो । समिट चोकदेखि, ट्राफिक चोक, टेलिकम चोक, अस्पताल रोड हुँदै धौलागिरी चोक र अर्को समूह समिट चोक हुँदै हल्लन चोक हुँदै जीप पार्क सम्म सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमका सहभागीहरुलाई बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले धन्यवाद दिएर समापन गर्नु भएको थियो ।

चैत १८ गते बजार सरसफाई सरसफाई गरेका सहकारी कर्मीहरुले चैत २० गते मुल समारोहको आयोजना गरेका छन् ।
जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको संयुक्त आयोजना तथा विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुको सहभागितामा हुने ¥यालीपछि जोजोलोपा पार्टी प्यालेसमा मुख्य समारोह हुने जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

सहकारी दिवसको मुख्य समारोह र ¥यालीमा आ–आफ्नो संघ संस्थाको ब्यानर सहित बढी भन्दा बढी सहकारीकर्मीहरुको सहभागिताका लागि आव्हान गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माले बताउनुभयो ।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत १७ गते जिल्ला सहकारी संघले जिल्ला स्तरीय महिला गोष्ठी सम्पन्न गरेको छ । जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरुका लागि तालिम कार्यक्रम सञ्चालन हुदैछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend